२0७४ असोज ३१ मंगलबार

समाचार

फेरी एक पटक चर्चामा किम

 

एजेन्सी । ड्रेस र शारीरिक तन्दरुस्तताका लागी लागि मरिमेट्ने र तस्बिर मार्फत हमेश सन्नसनी फैल्याउने रियालिटी स्टार किम कार्दशियन फेरी एक पटक चर्चामा आएकी छन् । हलिउड अभिनेत्री किम कार्दसिया यस पटक अचम्को अभिब्यक्तीका कारण चर्चामा आएकी हुन् ।

विभिन्न अभिव्यक्तिबाट पटक पटक चर्चामा आउने गरेकी उनी अहिले शरीर सेपमा रहुन्जेल न्युड फोटोसुट गराउने अभिब्यक्तीले चर्चामा छाएकी हुन् ।  भारतिय टिभी रियालटी सो बिगबोस ८ मा भर्खर इन्ट्री गरेकी उनले भविष्यमा आफ्नी छोरी नर्थ वेस्टले न्युड फोटो खिचाउन चाहे आफूलाई कुनै समस्या नहुने बताएकी छन् । 

अहिले उनकी छोरी डेढ वर्षकी भइन् । स्यापर केन्या वेस्टसँग विवाह गरेकी किमले एक रेडियो अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएकी हुन्। कहिले फोटो सुट र केहिले कपाल रंगाएर मिडियामा सन्सनी मच्चाउने किम चमक, सुन्दरता र पहिरनले सबैको ध्यान खिच्न समेत माहिर छिन् ।  ३५ बर्षकी किम २ सन्तानकी आमा पनि हुन् ।