२0७४ असोज ३१ मंगलबार

समाचार

हिल्टनको जीवनमा फिल्म बन्दै

एजेन्सी । मोडल, समाजसेवी तथा बिजनेस वुमन पेरिस हिल्टनको जीवनमा एक डक्यूमेन्ट्री फिल्म बन्दैछ । यसको सुटिङ चाँडै स्पेनको इबिसा आईल्यान्डमा हुँदैछ । यस डक्यूमेन्ट्रीमा पेरिसको सुरुआती दिन तथा उनको केही इन्टरभ्यू देखाइने बताइएको छ । यस डक्यूमेन्ट्रीको हिल्टन सयंम र उनका साथी जैमी फ्रीडले निर्माण गर्न लागेका हुन् । 

निर्देशन भने डोन अर्गोट र शीना जोयसले गर्ने भएका छन् । ‘हामी खुसी छौं किनकि, हामी पेरिस हिल्टनका साथ काम गर्दैछौं’ डक्यूमेन्ट्रीले निर्देशकले भने, ‘उनी आजको समयको मर्लिन मुनरो हुन् ।’ डक्यूमेन्ट्रीमा उनको व्यक्तिगत र व्यवसायिक सम्बन्धबारे पनि देखाइने जनाइएको छ । पेरिस हिल्टन सन् २००० मा केही प्रोडक्ट्स लन्चिङ गरेर चर्चामा आएकी थिइन् ।