२0७४ असोज ३१ मंगलबार

समाचार

लेडी गागालाई दलाई लामाको सल्लाह

लस एन्जलस । अमेरिकी गायिका लेडी गागाले तिब्बती अध्यात्मिक नेता दलाई लामासँग भलाखकुसारी गरेकी छन् ।  एक युएस कन्फ्रेन्सको दौरानमा उनी लामासँग मिलेकी हुन् । 

भेटमा उनले आध्यात्मिक चिन्तन र करुणको बिषयमा कुराकानी गरेकी छन् । उनले लामासँग गरेको २० मिनेटको कुराकानी सामाजिक संजालबाट शेयर समेत गरिएको छ । लामाले गागालाई आफु सामाजिक प्राणि भएकोले आफ्नो भबिश्य पुरै समाजमा निर्भर रहेको बताएका छन् । ‘नकारात्मक चिजलाई पनि गहिराई पुर्वक हेरेर सकारात्मक देख्न सकिने उनले बताएका छन् । (एजेन्सी)