२0७४ पौष २ आइतबार

समाचार

जोन्सन हलिउड सर्वाधिक कमाउ अभिनेत्री

एजेन्सी । अभिनेत्री स्कारलेट जोन्सन हलिउड सर्वाधिक कमाउ अभिनेत्री बनेकी छन् । आफ्ना अन्य महला समकक्षी कलाकारको तुलानामा स्कारलेट वक्सअफिसमा अत्याधीक कमाउने अभिनेत्री बनेकी हुन् ।

‘पिपल्स डट कम’का अनुसार स्कारलेटका फिल्मले करिब ३।३ अर्ब अमेरिकी डलरको कमाइ गरिसकेका छन् । यससँगै उनी हलिउडमा सर्वाधिक कमाउने सेलिब्रेटीको उत्कृष्ट १० को सूचिमा समेत परेकी छन् । स्कारलेटले ह्यारिसन फोर्ड, स्यामुयल ज्याक्सन, मोर्गन फ्रिम्यान, हम ह्याङ्क्स तथा जोनी डिप जस्ता हलिउड अभिनेतालाई समेत कमाउने मामिलामा पछाडी पारेको जनाइएको छ ।