२0७४ भदौ ५ सोमबार

समाचार

स्विफ्ट बिश्वकै महँगी सेलिब्रेटी

लस एन्जलस । अमेरिकन गायिका टेलर स्विफ्ट बिश्वकै महँगी सेलिब्रेटीको सुचिमा पहिलो स्थानमा अटाएकी छन् । अमेरिकी ब्यवसाय सम्बन्धि जानकारी दिने पत्रिका ‘फोब्र्स’ले यो सार्वजनिक तयार गरेको हो । पत्रिकाले हालै ‘टप १००’ सेलिबे्रटीको सुची सार्वजनिक गरेको छ ।  यो सुचीमा एक से एक सेलिब्रेटी टेलर भन्दा पछि देखिएका छन् । २६ बर्षिय गायिका टेलरको यो नयाँ रेकर्ड हो । 

टेलरले २०१५ जुनदेखि २०१६ जुनसम्म १७ करोड अमेरिकी डलर कमाई गरेको देखिएको छ । उनले ‘एप्पल’,‘डाइट कोक’ र‘केड्स’सँग गरेको काम सम्बन्धि एग्रिमेन्टले पनि उनको आम्दानीको स्रोत देखिएको छ । गतबर्ष जारी सुचीमा उनी आठौ स्थानमा परेकी थिइन् । (एजेन्सी)