२0७४ असोज ३१ मंगलबार

समाचार

सुजिता बस्नेत मिस वल्र्ड अमेरिकामा

काठमाडौ,३० असार । प्रथम मिस नेपाल युएस २०११ की विजेता सुजिता बस्नेत हालै अमेरिकामा सम्पन्न मिस वल्र्ड अमेरिका २०१६ को सेमिफाइलन चरण सम्म पुग्न सफल भएकी छिन्, नेपाली युबतीको यो पहिलो सहभागीता हो । मिस वल्र्ड २०१६ मा अमेरिकी प्रतिनिधि चयन गर्न गरिएको राष्ट्रिय स्तरको प्रतियोगिता मिस वल्र्ड अमेरिका २०१६ मा २८ जना सुन्दरीहरुको सहभागिता रहेको थियो ।

सुजिताले समग्रमा टप टेन सम्म यात्रा तय गरेकी छिन् । उनी बिच ब्युटी तथा टप मोडल अवार्ड टप फाइभ भित्र रहन सफल भइन् । सन् २०११ मा ई प्लानेट प्रा.लि.को सहकार्यमा ईभेन्ट प्लानेट इन्क, युएसएले अमेरिकामा बसोबास गरिरहेका नेपाली युवतीहरुमा लक्षित गरेर पहिलो पटक आयोजना गरेको मिस नेपाल युएस प्रतियोगितामा सुजिता बस्नेतले विजेताको ताज पहिरिएकी हुन् ।

मिस वल्र्ड अमेरिका २०१६ को उपाधि भने अउड्रा मारिले जितेकी छिन् । उनले आगामी ६६ औं संस्करणको मिस वल्र्ड प्रतियोगितामा अमेरिकाको तर्फबाट प्रतिनिधित्व गर्नेछ्न् ि। मिस वल्र्ड अमेरिका २०१६ गत ८ जुलाईमा अमेरिकाको वासिङटन डि.सी. शहरमा सम्पन्न भएको थियो ।