२0७४ भदौ ५ सोमबार

समाचार

सेलेनाको तस्बिरलाई २५ लाख लाइक

लन्डन । मोडल अभिनेत्री तथा गायिका सेलेना गोमेज कार एक्सिडेन्टमा परेकी छन् । उनको कार एक सडकबारमा ठोकिएर क्षतीग्रस्त भएको छ । ‘ग्ली’ चलचित्रकी अभिनेत्री लिया मिशेजका साथ एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार एक्सिडेन्टमा परेको थियो । २३ बर्षीय गोमेजले कार ब्याक गर्दै गर्दा उक्त घटना घटेको थियो ।

पछिल्लो समय अभिनेत्री गोमेजको दिन प्रतिदिन फ्यान बढ्दो छन् । मोमेजले हालै इस्टाग्राममा एक नयाँ तस्बिर शेयर गरेकी थिइन् । उक्त तस्बिरलाई लाइक गर्नेको संख्या ३५ लाख नागेको छ । सेलेनाको इस्टाग्राममा ८९ं.१ लाख फलोअर्स छन् । 

सेलेना हमेसा आफ्नो हर mित्रयाकलापको तस्बिर इस्टाग्राममा शेयर गर्ने गर्दछिन् । जसको कारणले उनको फ्यान बढ्ने गरेका छन् । इस्टाग्राममा सबैभन्दा बढी फ्यानफ्लोअर्स भएकी सेलेना भन्दा पछि गायिका टेलर स्विफ्ट र किम कार्दाशियन छन् । (एजेन्सी)