२0७५ श्रावण ४ शुक्रबार

समाचार

नयाँ कलाकारको अनुहार चुसेर फालेको आँप जस्तो छ

काठमाडौं, २६ साउन । कुनै समय बलिउडमा नायक गोविन्दाको राज थियो । गोविन्दाको नृत्य शैलीका लाखौ फ्यान थिए । बलिउडमा उनलाई नम्बर १ नायक भनिन्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । गोविन्दा आफै चलचित्रका लािग अफर आउन छाडेको बताउँछन् ।
 
उनै गोविन्दाले नयाँ पुस्ताका नायकहरुको बिषयमा चर्को आलोचना गरेका छन् । उनले नयाँ नायकहरुले शरीर बनाउन चाहेको बिषयमा कमेन्ट गरेका हुन् । गोविन्दाले भनेका छन ‘नयाँ कलाकारहरुमा मात्र सिक्स पैक एब्स देखिन्छ । उनीहरुको अनुहार चुसेर फालेको आँप जस्तो छ ।’
 
गोविन्दाले अगाडि भनेका छन् ‘पहिलाका नायकहरुको अनुहारमा नै ग्ल्यामर हुन्थ्यो । आज त्यस्तो कुनै नायक नै देखिदैनन्, जसको अनुहार धमेन्द्रको जस्तो होस् ।’
 
गोविन्दाले आलोचना गर्दै भने ‘जसको शरीर राम्रो छ, उसको अनुहार फुस्रो छ । जसको अनुहार राम्रो छ उसँग गतिलो शरीर छैन ।’ उनले सलमान खान र अक्षय कुमारको प्रशंसा गरे । साथै, उनले जोन अब्राहिम र रणवीर सिंहको शरीरको पनि प्रशंसा गरे । उनले रणवीर सिंह मिहिनेती कलाकार भएको बताउन समेत भ्याएका छन् । अक्षय कुमारपछि रणवीर सिंह मिहिनेती भएको गोविन्दाको भनाई छ । उनले बलिउडमा टिक्नका लागि भाग्य र आर्शिवाद चाहिने पनि बताए ।