२0७४ मङ्सिर ९ शनिबार

समाचार

जोई टिङ्ग्रे किरण केसी

काठमाडौं । साउनको सोमबार नेपाली महिलाहरुका लागि प्रिय हुन्छ । महिलाहरु साउनभरी हरियो पहेलो पहिरनमा सजिएर भगवान शिव जीको पुजा आरधना गर्छन् । यो समय उनीहरु श्रमिानको दिर्घायुको कामना गर्छन् । राम्रो श्रीमान पाउँ भनेर शिव जी पुर्काछन् । कतिपय निस्वार्थ रुपमा पनि ब्रत बस्लान त्यो अलग कुरा हो । तर, साउनको गुणगान यसरी नै हुँदै आएको छ । 
 
महिला विशेष साउनमा श्रीमतीका लागि निराहार ब्रत बसेर शिव पुकार्ने श्रीमान पनि हाम्रै समाजमा छन् । हास्यकलाकार किरण केसी बिगत २० वर्षदेखि श्रीमतीको दिर्घायुको कामना गरेर ब्रत बस्दै आएका छन् । उनले श्रीमतीलाई भनेका पनि छन् ‘म तिम्रो दिर्घायुको कामना गरेर ब्रत बसेको हुँ है भनेर’ ।