२0७४ असोज ५ बिहिबार

समाचार

दुर्गा खरेलको रोजाईमा किन पर्छन अर्जुन पोख्रेल (भिडियो सहित)

काठमाडौं, ६ भदौ । २०६२ सालमा सम्पन्न भएको नेपाली ताराबाट आफ्नो गायनको औपचारिक यात्रा थालेकी गायिका दुर्गा खरेलले २०६६ सालमा ‘दिल’ नामको एकल एल्वम निकालेकी थिइन् । सांगीतिक क्षेत्रमा दिल दिएर आएकी दुर्गाका लागि पहिलो यात्रा नै निक्कै सम्भावना सशित यात्रा भयो । उनले सोही एल्वमबाट डेब्यु आर्टिष्टलगायतका विविध एल्वम आफ्नो पोल्टामा पार्न सफल भईन् । 

त्यसपछि दुर्गालाई कहिल्यै पछाडी फर्केर हेर्नु परेन् । उनले कलेक्सन एल्वमका साथै थुप्रै चलचित्रमा पाश्र्व गायिकाका रुपमा गीत गाईन । तर उनी जून चर्चामा आउँनु पथ्र्यो उनको त्यो चर्चा छैन बजारमा । त्यसो त उनी गीतसंगीतले पनि आफ्नो भाग्य लिएर आएको दुर्गाको बुझाई छ । उनी चर्चाका लागि उटपट्याङ्ग गर्न नजान्ने गायियमा पर्छिन । भन्छिन् उनलाई त्यातातिर रुची पनि छैन् । 

दुर्गा चलचित्रदेखि आधुनिक गीतसंगीतसम्ममा अगाडि छिन् । विशेषगरि, उनले संगीतकार अर्जुन पोख्रेलका संगीतमा आफ्नो गला धेरै मिसाएकी छिन् । दुर्गा पछिल्लो समय उनको दोस्रो एल्वम ‘युग’ भित्रको ‘काले काले केटाले’बोलको गीत मार्फत चर्चामा छिन् ।