२0७४ असोज ३१ मंगलबार

समाचार

बलिवूड का निर्माता तथा निर्देशक सञ्जय लिला भन्साली माथि आक्रमण।

माघ,१६,२०७३ ।बलिवूड का निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीमाथि कर्नी सेनाका कार्यकर्ताहरुले आक्रमण गर्नु का साथै  सञ्जय लिला भन्साली को चलचित्र पद्मावती को सुटिङका लागि लगाइएको सेट पनि तोड्फोड गरिएको छ ।चलचित्र पद्माव्ती का निर्माता तथा निर्देशक भन्साली ले  इतिहासलाई गलत ढंगले प्रस्तुत गरेको आरोप कर्नी सेनाले लगाएको छ । चलचित्रमा अलाउद्दिन खिलजी र पदमिनी बीचको प्रेम कथालाई चलचित्रमा  गलत  तरिका बाट प्रस्तुत गर्न खोजिएको र इतिहासलाई बंग्याउने काम गरेको आरोप मा निर्देशक सञ्जय लिला भन्सालीमाथि कर्नी सेनाका कार्यकर्ताहरुले आक्रमण गर्नुका साथै चलचित्रको सेट तोडफोड गरेका थिए ।साथै जब सम्म चलचित्र को कथा लाई सही ढंगले ले  परिवर्तन गरिदैन तब सम्म अवरोध जारी रहने पनि संघका जिल्ला अध्यक्ष नारायन दिभरालाले बताएका छन ।