२0७४ असोज ३१ मंगलबार

समाचार

बाहुबली नायक प्रभाष सोनाक्षी सिन्हाको साथमा ।

फागुन,१८,२०७३ ।प्रभु देवाको चलचित्र‘एक्शन ज्याक्शन’मा केमियो रोल मा अभिनय गरेका  तेलेगु चलचित्र का सुपर स्टार बाहुबली नायक प्रभाषको फिल्मी यात्रा तेलेगु मा मात्र सिमित नभै अब भने बलिवूड मा पनि हुने भएको छ । प्रभाष अभिनित बहु प्रतिक्षीत चलचित‘बाहुबली २’को शुटिङ सकेर यसै वर्षको अप्रिल २८ तारिखबाट दर्शकमाझ रिलीजमा आउने तरखर मा छ भने। अक्टोवर २२ तारिखमा ‘बाहुबली २’को पहिलो पोष्टर सार्बजनिक गरिएको थियो। एस,एस,रोजमौली निर्देशीत सो चलचित्र को  नयाँ पोष्टर शिबरात्री पर्वको अवसरमा सार्बजनिक गरिएको थियो । बाहुबली २ मा प्रभाष, तामन्ना भाटिया, अनुष्का शेट्टि, राणा डग्गुबत्ती लगाएतको मुख्य भुमिका रहेको छ भने ।प्रभाष को बलिवूड यात्रा भने चर्चित नायिका सोनाक्षी सिन्हाको साथमा हुँदै छ ।