२0७४ असोज ३१ मंगलबार

समाचार

ड्न को गिरोह बाट नायिका आलिया लाई हत्या को धम्की ।

 
फागुन,१९,२०७३ ।बलिउड कि नायिका आलिया भट्ट र उनकी आमा निर्देशक महेष भट्ट कि पत्नी  श्रीमति सोनी राजदान को हत्या गर्ने धम्की आएको छ ।अण्डरवल्र्ड गिरोहले निर्देशक महेष भट्ट लाई ५० लाख नदिए छोरी आलिया र श्रीमति सोनी राजदानलाई मार्ने धम्की दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
 
जानकारी मा आए अनुसार सुरुमा महेश भट्ट लाई कसैले फोन गरेर ५० लाख माग्दा भट्टले आफूलाई जिस्क्याएको अनुमान गरेका थिए । जब सोही समुहले ५० लाख चाहियो भन्दै म्यासेज पठाए पछी भट्ट प्रहरीमा उजुरी गर्न पुगेका थिए ।
 
निर्देशक भट्ट लाई ५० लाख माग्नेले आफु कुनै ग्याङको लिडर भएको भन्दै परिचय दिएको बताइएको छ्। धम्की दिनेले भट्ट लाई फोन मा लखनउको बैंकमा पैसा जम्मा गर्न को लागी पनि भनेको बुझिएको छ । प्रहरीले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको बुझिएको छ ।