२0७४ असोज ५ बिहिबार

समाचार

नायिका प्रियंका चोपडा ले कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा चलचित्र निर्माण गर्दै।

जेठ्,१६,२०७४ ।उज्ज्वल चटर्जी को निर्देशनमा नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा आधारित चलचित्र, बलिउड कि चर्चित र हट नायिका र अहिले बलिवूड को साथ साथै  हलिउड मा पनि आफ्नो पहिचान बनाउन सफल नायिका प्रियंका चोपडा ले कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा चलचित्र निर्माण गर्ने बताइएको छ ।सागरिका चटर्जीको कथा मा निर्माण हुन लागेको चलचित्र टैगर माथिको बायोपिक जस्तै बन्ने तर कवि रविन्द्रनाथ को सम्पूर्ण जीवनीलाई भने नसमेट्ने बताइएको छ्, उनको जीवनी माथी बन्ने चलचित्र मा टैगर को जीवनको सुरुवाती कालखण्डको एउटा अंशलाई मात्रै समावेश गरिने बताइएको छ ।स्रोत का अनुसार सन् १८७८ मा आफ्ना गुरु डा  आत्माराम पान्डुरंगको घरमा बस्दै आएका टैगोर त्यती खेर १७ वर्ष का थिए ,आफ्ना गुरु को घर मा बस्ने क्रममा टैगोरको ईंग्ल्यान्डमा पढेर फर्किएकी आत्मारामकी छोरी अन्नपूर्णसँग प्रेम भएको थियो ।अंग्रेजीमा पोख्त आत्मारामकी छोरी अन्नपूर्णसँग  टैगोर ले अंग्रेजी सिक्ने क्रममा उनीहरुको निकटता बधेको र दुवै प्रेममा परेको बताइएको छ ।