२0७४ पौष २ आइतबार

समाचार

सेक्स बम की उपनाम पाएकी नायिका लाई लाग्यो लागूऔषधको मुद्दा ।

नब्बेको दसक कि बेकाबु,आन्दोलन्,सबसे बडा खिलाडी,बाजि,नसीब्,बेताब्,वक्त हमारा है जस्ता दर्जनौ सुपर हिट चलचित्र कि त्यस बखत कि चर्चित र सेक्स बम को उपनाम पाएकी बलिउड अभिनेत्री ममता कुलकर्णी र उनका पति विकी गोस्वामीलाई, भारतको एक विशेष अदालतले उनीहरूमाथि २ हजार करोड भारतीय रुपैयाँ बराबरको लागूऔषधको मुद्दामा दोषी ठहर्‍याइएको छ ।नायिका ममता र उनका पती विकी लाई ठाणेस्थित एक विशेष अदालतले उक्त  मुद्दामा दोषी ठहर्‍याएको हो। भारतीय सन्चार माध्यम ले बताए अनुसार नायिका ममतालाई फरार अभियुक्त घोषित गर्दै अदालतले उनको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको बताइएको छ। समाचार मा उल्लेख गरिए अनुसार सन् २०१६ मा भएको २ हजार करोड भारुको लागूऔषध कारोबारमा ममता र उनका पतिविरुद्ध मुददा दायर गरिनु का साथै उनीहरुमाथि वारेन्ट जारी पनि भइसकेको थियो। हाल केन्यामा रह्दै आएका ममता र उनका पती बिक्की लाई  अदालते फरार घोषित गरेको र अब चाडै नै भारतीय प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी भारत फर्काउने तयारी गरेको बताइएको छ।