२0७४ असोज ३१ मंगलबार

समाचार

चलचित्र ‘ग्याङस्टार ब्लूज’को अफिसियल पोष्टर सार्वजनिक ।

साउन्,१२,२०७४ ।केहि समय अघी मात्र टिजर, ट्रेलर र एउटा गीत सार्वजनिक गरी सकेको चलचित्र ‘ग्याङस्टार ब्लूज’ले अफिसियल पोष्टर सार्वजनिक गरेको छ । भदौ २ गतेबाट प्रदशनमा आउने तयारी मा रहेको उक्त चलचित्रको सार्वजनिक गरिएको अफिसियल पोष्टरमा मुख्य कलाकारद्धय नायक आशिरमान देशराज जोशी र नायिका आना शर्मालाई प्रस्तुत गरिएको छ ।सरोज न्यौपानेको निर्माणमा निर्मित चलचित्र लाई निर्देशक हेमराज वीसीले निर्देशन गरेकाछन । ग्याङस्टार शैलीमा तयार पारिएको छ उक्त चलचित्रको फस्टलुक ।चलचित्रमा आशिरमान र आनाको साथमा  रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरि लगायतका कलाकार हरुको मुख्य भूमिका रहेको छ ।निर्माण पक्ष चलचित्रको एक्सन, रोमान्स र कथावस्तुलाई दर्शकले मन पराउने मा चलचित्र  ‘ग्याङस्टार ब्लूज’ का निर्माता न्यौपानेले ढुक्क छन्।