२0७४ भदौ ५ सोमबार

समाचार

चलचित्र ‘ब्लाइन्ड रक्स’को फस्टलुक सार्वजनिक।

साउन्,१६,२०७४ ।पौष २८ गतेबाट प्रदशन मा आउने अभिनेत्री वेनिशा हमाललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘ब्लाइन्ड रक्स’को फस्टलुक सार्वजनिक गरिएको छ । उक्त चलचित्र को अगष्ट ५ मा बेलायतमा प्रिमियर शो गरीना लागेको छ भने   बेलायत मा हुन लागेको  शोलाई ध्यानमा राख्दै निर्माण पक्षा ले चलचित्र को फस्टलुक सार्वजनिक गरेको हो ।१६ बर्षमै डाक्टरको लापरवाहीका कारण आफ्नो दुबै आाखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘ब्लाइन्ड रक्स’मा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार हरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा श्रृष्टीको भूमिका वेनिशाले काम गरेकी छिन् । निकेश लिम्बुको निर्माणमा तयार भएको यो बायोपिक चलचित्र धेरैका लागि प्रेरणा बन्ने निर्देशक मिलन चाम्सले बताए।