२0७५ असार ५ मंगलबार

समाचार

चलचित्र 'रुद्रप्रिया'को चिरबिर चिरबिर सार्वजनिक ।

साउन्,१८,२०७४ ।नायिका रेखा थापा को निर्माण मा निर्मित चलचित्र रुद्रप्रिया मा समाबेश गीत चिर बिर चिर बिर चाचरी बोल रहेको गीत आज बाट यु टुब मा सार्वजनिक भएको  छ ।चलचित्र कस्ले चोर्यो मेरो मन पछी नायिका रेखा र नायक आर्यन लाई ८ वर्ष पछि सगै देखिना लागेको कारण पनि अहिले यो चलचित्र ले सिनेनगरीमा चर्चा कमाइरहेको छ ।कात्तिक २ गते लक्ष्मी पुजा को दिन बाट प्रर्दशनमा आउने सुदिप भूपाल सिंहको निर्देशन मा तयार भएको उक्त चलचित्र को सार्वजनिक गरिएको गीत मा अहिले का चर्चित संगीतकार राजनराज शिवाकोटी को संगीत रहेको छ भने स्वर पनि संगीतकार स्वयम शिवाकोटी को स्वर रहेको छ उन लाई फिमेल भोकल मा गायिका मेलिना राइ ले साथ दिएकी छिन ।  सरस्वती थापा र आर्यन फिल्मसको निर्माणमा बनेको यस चलचित्रमा एमके पौडेल कार्यकारी निर्माताको रपमा रहेका छन्।  चलचित्रमा संजय लामाको छायांकन, सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।