२0७४ कार्तिक १ बुधबार

समाचार

चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिजर सार्वजनिक।

साउन्,१९,२०७४ ।आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिजर आज सार्वजनिक गरिनु का साथै देवकुमार श्रेष्ठको निर्माणमा तयार भएको उक्त यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ ।  चलचित्र ‘ह्याप्पी न्यू इयर’अंग्रेजी नयाँ बर्षको अवसर पारेर पौष १४ गतेबाट नेपालभर प्रदशन गरिने ब ताइएको छ ।नयाँ बर्षमा घटेको एक घटनालाइ मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको चलचित्र पनि, नयाँ बर्षको छेकोमा चलचित्र प्रदशन गरीना लागिएको चलचित्र का निर्माणपक्षले बताएको छ । चलचित्र मा रती थापाको लगानी रहेको छ भने एप्पल इन्टरटेन्मेन्टका मनोज अधिकारी यसका लाइन प्रोड्यूसर रहेका छन ।चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अष्ट्रेलियन छायांकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल, टंक वुढाथोकीको संगीत, कुशल थापाको कथा रहेको छ ।