२0७४ कार्तिक १ बुधबार

समाचार

कार्तिकको पहिलो साता तीन चलचित्र एक साथ आउदै ।

साउन्,२०,२०७४ ।कार्तिक को पहिलो हप्ता बाट रमेश उप्रेति,केकी अधिकारी र दीपिका प्रसाईको मुख्य भूमिकारहेको चलचित्र 'ऐश्वर्य'आर्यन सिग्देल र रेखा थापाको शिर्ष भूमिका रहेको चलचित्र 'रुद्रप्रिया' र अनमोल के,सी र नव-नायिका आदिती बुढाथोकी को मुख्य भूमिका रहेको चलचित्र 'कृ' एक साथ प्रदशनी मा आउने भए पछी। कार्तिकको पहिलो हप्ता लाई लिएर यती बेला नेपाली फिल्मी नगरिमा यि तीन चलचित्र को खुब चचा हुने गरेको छ ।रमेश उप्रेतीको निर्माण र अभिनयमा तयार भएको चलचित्र 'ऐश्वर्य'ले कात्तिक १ गतेलाई प्रदशन मिती कन्फर्म गरेको मा पछी आएर प्राविधिक कारण देखाउँदै उक्त चलचित्रले एकदिन अगाडि सारेको हो त्यस्तै रेखा थापा को चलचित्र 'रुद्रप्रिया'ले फ्लोरमा जानु अघि नै कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजालाई रिलिज कन्फर्म गरेको थियो ।यता अनमोल केसी अभिनित चलचित्र 'कृ'ले कात्तिक ३ गतेलाई प्रदशन मिती तय गरेको छ । तर 'कृ' को छायाँकन बारम्बार लम्बिएका कारण कात्तिक ३ गते प्रदर्शनमा आउने संभावना निकै न्यून रहेको स्रोत बताउँछ । यदी 'कृ' यो मितिबाट नडगमगाए कात्तिक २ र ३ गते प्रदर्शनमा आउन लागेका तीन ठूला फिल्मको महासंग्राम हेर्न लायक हुने समाचार स्रोत ले बताएको छ ।