२0७४ असोज ३१ मंगलबार

समाचार

चलचित्र 'कमिटमेन्ट : सिक्स्टी आवर्स'का लागि निखिल ज्यान बनाउदै ।

साउन्,२६,२०७४ ।नेपाली चलचित्र का एक्सन स्टार नायक निखिल उप्रेती चलचित्र  'कमिटमेन्ट : सिक्स्टी आवर्स'का लागि अहिले आफ्नो ज्यान बनाउन निकै मेहेनत गरिरहेका छन् । नायक निखिलले आफ्नो ज्यान बनाउन जिममा कडा व्यायाम गरेको तश्वीर अहिले सामाजिक सञ्जाल फेसबुकमा बाट सार्वजनिक भएको छ । एक्सनमा नयाँ प्रयोग गर्न रुचाउने निखिलले 'कमिटमेन्ट'मा पनि एक्सनलाई विशेष प्राथमिकता दिएका छन् ।हाल छायाकन भैरहेको चलचित्र 'कमिटमेन्ट : सिक्स्टी आवर्स' झण्डै ३ करोड आसपासको लगानीमा निर्माण हुन लागेको हो उक्त चलचित्र मा निखिल कै मुख्य भूमिकाअ रहनु क असाथै निर्देशन पनि उनि स्वयम निखिल ले नै गरी रहेका छन ।गरिरहेका छन् ।भारती य चलचित्र  निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा यो फिल्म निर्माण हुन लागेको हो ।चलचित्र मा निखिलका अलावा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका रहेको  छ भने सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेल निखिलको अपोजिटमा देखिँदैछिन् ।