२0७४ कार्तिक १ बुधबार

समाचार

चलचित्र ‘एश्वर्य’को “तिमी रोएको पल” सार्वजनिक ।

चलचित्र ‘एश्वर्य’मा समाबेश गीत 'तिमी रोएको पल' सार्वजनिक भएको छ ।चलचित्र क्षेत्र मा कृयाशिल रहादा रहदै केहि समय अमेरिका बसेर फर्किएका नायक रमेश उप्रेतीको कमब्याकको रुपमा मानिएको चलचित्र ‘एश्वर्य’ को पहिलो गीत सार्वजनिक गरिएको हो ।नायक रमेश र डेब्यु नायिका दिपिका प्रसाई माथी फिचरिङ गरिएको उक्त गीत “तिमी रोएको पल”मा अहिले का चर्चित संगितकार अर्जुन पोखरेलको शब्द संगित र सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ । टेन्जु योन्जन र अन्जीला खत्री को नृत्य रहेको उक्त गीत लाई हिमाली भेग को रमणीय स्थान हरुमा छायाकन गरिएको छ्।निर्माता अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीको लगानीमा निर्माण भएको चलचित्र‘एश्वर्य’ मा निर्मल शर्मा गैडा सह-निर्माताको रुपमा रहेका छन् । कार्तिक २ गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘एश्वर्य’ लाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन ।