२0७४ पौष २ आइतबार

समाचार

बाढीबाट प्रभावित हरु लाई कलाकार को सहयोग ।

साउन्,२९,२०७४ ।शुक्रबार रातीदेखि परेको अविरल बर्षाका कारण देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि यती बेला बाढी पिडित हरुको सहयोगका लागी चलचित्रकर्मी पनि अगाडि सरेका छन् ।बाढीबाट प्रभावित हरु को लागी हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरी, निर्माता निर्देशक दीपाश्री निरौला,नायिका प्रियंका कार्की,पुजा शर्माले सहयोग को घोशणा गरेका छन । हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरीले नगद १ लाख कलाकार निर्माता तथा निर्देशक दीपाश्री निरौलाले नगद ५१ हजार,नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् ।यता नायिका पूजा शर्माले रकमको साथै लत्ताकपडा सहयोग गर्न लागेको बताएकी छिन्,नायिका पूजाले बिराटनगर लगायतका प्रभावित क्षेत्रमा लान को लागी समानहरु मिलाउदै गरेको बताइएको छ। यी कलाकारले व्यक्तिगत रुपमा सहयोग गर्न लागेका हुन ।