२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र ‘नीरफूल’ मा दयाहाङ राइ र शान्ती वाइवा ।

भदौ,२,२०७४ ।सेलो प्रोडक्शनको प्रस्तुतीमा भूकम्पले छिन्नभिन्न बनाएको एक परिवारले पूर्नमिलनको लागि गर्ने संघर्षको कथालाइ मुख्य कथा बस्तु उठान गरीएको चलचित्र ‘नीरफूल’को ७० प्रतिशत छायांकन सकिएको यसको निर्माणपक्षले बताएको छ । संचारकर्मी,कवि तथा कथाकार फूलमान बलको निर्देशन रहेको चलचित्र निरफुल माघ महिना मा प्रदशनी ल्याउने तयारी भेको निर्माण पक्ष ले ब ताएको छ । नायक दयाहाङ राइ र कलाकार शान्ती वाइवा मुख्य भूमिकामा देखिने उक्त चलचित्र मा नायिका नायिका रेखा थापा विशेष भूमिकामा प्रस्तुत हुने चलचित्र निर्फुल को छायाकन गणेश हिमाल मुनीको रुवी भ्याली र काठमाण्डौमा भैरहेको छ ।चलचित्रमा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एशोयिएट निर्देशक सचिन घिमिरेले पनि पटकथामा सहकार्य गरेका छन् भने प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत चलचित्रमा छ । चलचित्रमा माया केसी, चन्द्र माया तामाङ, दिनेश श्रेष्ठ, उदय लामा र दिनेश लम्तरी मगरको संयुक्त लगानी रहेको छ।