२0७४ मङ्सिर ९ शनिबार

समाचार

हाउश फुल का साथ चलचित्र 'ए मेरो हजुर २' को प्रदशन आरम्भ ।

भदौ,१६,२०७४ ।भदौ,१६,२०७४ ।झन्डै एक दशक भन्दा पनि लामो आफ्नो कलाकारिता र अभिनयको अनुभवलाई सगालेर  निर्देशन यात्रा मा मा उत्रिएकी चर्चित नायिका झरना थापा निर्देशित चलचित्र ए 'ए मेरो हजुर २' आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । देशभरका करीब ९० बढी हलहरुबाट एक साथ प्रदर्शन आरम्भ गरेको 'ए मेरो हजुर २'ले हिजो काथमाण्डु स्थित कुमारी हल मा भब्य प्रिमियर शो को आयोजना गरिएको थियो । प्रिमियर शो मा चलचित्र हेर्नका लागि नायिकाहरु रेखा थापा, संचिता लुइटेल, नीता ढुंगाना, आँचल शर्मा, अश्लेषा ठकुरी, नायक रमेश उप्रेती, पल शाह, निर्देशक दीपाश्री निरौला, गायिका इन्दिरा जोशी पनि हलमा उपस्थित थिए ।२ घन्टा ३० मिनेट लामो लभ स्टोरी कथामा निर्माण भएको चलचित्र हेर्ने अधिकांशले साधारण प्रेमकथालाइ  रमाइलो र मार्मिक ढंगले प्रस्तुत गरेको बताएका छन । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । समाचार स्रोत ले बताए अनुसार  शुक्रवारको विहानको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल कृष्ण, ओम, नम र शिवाय त्यस्तै अष्टनारायण, गुण, गंगा, कलंकीमा चलचित्र ले हाउश फुल का साथ दर्शकको उत्कृष्ट पाएको बताइएको छ्।मल्टिप्लेक्समा पनि  विहानी को शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो 'शो' का सिटहरु अग्रिम बुकिङले भरिएका छन् ।