२0७४ असोज ५ बिहिबार

समाचार

चलचित्र 'ए मेरो हजुर् २' लाई दर्शक हरु को उत्साह जनक माया।

भदौ,१८,२०७४ ।नायिका झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर्२ ले दर्शक हरु को उत्साह जनक माया पाइ रहेको छ ।गत शुक्रबार बाट प्रदशनी मा आएको उक्त चलचित्रले राजधानी तथा मोफशल मा उत्साह जनक ब्यापार गरी रहेको निर्माण पक्षले बताएको छ । समाचार स्रोत का अनुसार प्रदशनी मा आएको दिन शुक्रबार ९० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्र‘ए मेरो हजुर २’ ले शनिबार शतप्रतिशत अकुपेन्सी कायम गर्दै शनिबार देशका सम्पूर्ण हलहरु हाउसफूल भएको पनि बताइएको छ्।चलचित्र हल मा 'ए मेरो हजुर २' को मेला लागी रहदा चलचित्र का निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, कलाकार सलोन बस्नेतको टिम बालाजुको विजी मल र अष्ट नारायण लगाएत का हल हरु मा पुगी दर्शकसँग खुसी साटासट गरेका थिए। नायिका साम्राज्ञी लाई पहिलो चलचित्र ड्रिम्स ले नै स्टार को उपाधी भिराउन सफल भएको थियो भने चलचित्र 'ए मेरो हजुर २' को प्रदशनी पश्चात उन  लाई थप उचाइ मा पुर्याएको छ ।