२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र 'ऐश्वर्य' को सार्वजनिक गरिएको पोस्टर मा रमेश ,दीपिका र प्रशान्त ।

भदौ,२०,२०७४ ।चलचित्र मा समाबेश गीत 'तिमि रोएको पल' सार्वजनिक गरे पछी एका एक चर्चामा आएको चलचित्र ऐश्वर्य को पोस्टर सार्वजनिक गरिएको छ ।संगीतकर अर्जुन पोखरेल को संगीत मा तयार भएको उक्त गीत मा अहिले का चर्चित गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ्। गीतले चर्चा पाउदै गर्दा सार्वजनिक गरिएको चलचित्र को पहिलो पोस्टर ले पनि फिल्मी नगरि मा प्रसंसा पाइ रहेको छ ।साथै निर्माण पक्षले सार्वजनिक गरेको टिजर को पनि मेकिङ र प्रस्तुतीकरण को प्रसंसा भाई रहदा निर्माण पक्ष उत्साहित हुँदै चलचित्र को प्रचार प्रसारलाई तिब्रता दिनका लागी  केहि दिनमै ट्रेलर रिलिज गर्ने तयारीमा रहेको पनि बताइएको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्र को टिजर मा झैँ चलचित्र  का  मुख्य पात्र रमेश उप्रेती , दीपिका प्रसाईं र प्रशान्त ताम्राकार लगायत फिचरीङ गरिएको छ्।चलचित्र मा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायत कलाकार हरु को अभिनय रहेको छ । अभिनेता रमेश उप्रेती प्रस्तुतकर्ता रहेको उक्त चलचित्र मा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता,निर्मल शर्मा कार्यकारी निर्माता र लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ भने चलचित्र कार्तिक ९ गते बाट  प्रदशनी मा आउँदै छ ।