२0७४ असोज ५ बिहिबार

समाचार

चलचित्र ‘ए मेरो हजुर २’ दोश्रो हप्तामा

भदौ,२३,गत शुक्रबारबाट प्रदशनी मा आएको साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकार हरुको मुख्य भूमिकामा रहेको र नायिका झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता आक्रामक व्यापार गरेको चलचित्रले ‘ए मेरो हजुर २ दोश्रो सातामा पनि मल्टिप्लेक्सका केही शो पाएको छ भने सिंगलमा पनि चलिरहेको छ ।त्यस्तै आज बाट ‘२ रुपैयाँ’का लागि हुने ग्याङ फाइटको कथालाइ कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्र ‘२ रुपैयाँ’पनी प्रदशनी मा आएको छ । चलचित्र निर्देशनमा आफ्नो छुट्टै छाप छाडेका निर्देशक निश्चल बस्नेत अभिनित चलचित्र ‘२ रुपैयाँ’ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा उच्च शोका साथ प्रदशनी आरम्भा गरेको उक्त चलचित्रले व्यापारमा पनि नयाँ रेकर्ड राख्ने अड्कल काटिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यो गीतका कारण पनि चलचित्रलाइ फाइदा पुग्ने बिह्लेशण गरिएको छ ।