२0७४ असोज ५ बिहिबार

समाचार

चलचित्र 'शेरबहादुर'को पोष्टर सार्वजनिक ।

भदौ,२५,२०७४ ।धिराज प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र 'शेरबहादुरले माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण पक्षले चलचित्रको पोष्टर पनि सार्वजनिक गरेको छ ।निर्देशक आर राजवंशीको निर्देशनमा निर्माण भएको उक्त चलचित्र शेरबहादुरका निर्माता गौरशंकर धुजुले बताए अनुसार चलचित्र 'शेरबहादुर' प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित नरहेको,शेरबहादुर नामको एक पात्रको जीवनमा घट्ने घट्नाहरुलाई पर्दामा उतारीएको बताए ।चलचित्र शेर बाहादुर मा राते काइला को उपनाम ले चर्चित अभिनेता सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन्।गौरीशंकर धुजु र धिराज राजवंशीको लगानी मा निर्माण भएको चलचित्र मा 
सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।