२0७४ असोज ५ बिहिबार

समाचार

चलचित्र रुद्रप्रिया को ट्रेलर सार्वजनिक।

भदौ,२६,२०७४ ।केहि दिन अघी मात्र चलचित्र मा समाबेश गीत घरी घरी आउछ याद सार्वजनिक गरेको  नायिका रेखा थापा को निर्माण मा निर्मित चलचित्र रुद्रप्रिया को आज ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्व्जनिक गरेको चिर बिर चिर बिर चाचरी बोल रहेको गीतले  सार्वजनिक भएको छोटो समय मा नै चर्चा बटुल्न सफल भैरहेको बेला अर्को गीत घरी घरी आउछ यद सार्वजनिक गरेको थियो  भने त्यस पछी चलचित्र को ट्रेलर सार्वजनिक गरेको हो,चलचित्रको सार्वजनिक गरिएको साढे दुई मिनेट लामो प्रोमोमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट देखाइएको छ।कात्तिक २ गते लक्ष्मी पुजा को दिन बाट प्रर्दशनमा आउने सुदिप भूपाल सिंहको निर्देशन मा तयार भएको उक्त चलचित्र मा चलचित्रमा संजय लामाको छायांकन, सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।चलचित्र रुद्रप्रिया मा नायक आर्यन सिग्देल र नायिका रेखा थापालाई  ८ बर्श पछी चलचित्रको ठुलो पर्दामा एक साथ देख्न पाइने छ ।