२0७४ मङ्सिर ९ शनिबार

समाचार

नव नायिका जसिता र रेविका गुरुङ सँग रोमान्स गर्दै नायक प्रदीप खडका ।

भदौ,२८,२०७४ ।एक पछी अर्को चलचित्र को निर्माण र निर्देशन मा ब्यस्त रहदै आएका निर्देशक पवन चाम्स को निर्देशन मा अर्को चलचित्र लिली बिली निर्माण हुने भएको छ ।चलचित्र प्रेम गीत र प्रेम गीत २ मा अभिनाय गरे पश्चात आफ्नो छुटै पहिचान बनाउन सफल अहिलेका युवा युवतीको लोक प्रिय नायक प्रदीप खड्काको मुख्य भुमका देखिने उक्त चलचित्र ‘लिलि बिली’मा प्रदीप का साथमा दुई नव नायिका जसिता गुरुङ र रेविका गुरुङले पनि यसै चलचित्र बाट नेपाली रजतपट म प्रबेश गर्दै छन्। काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण मा निर्माण हुने सो चलचित्र मा अभिनेता अनपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । तिहार पछि सुरु हुने चलचित्र लिली बिली को निर्माण लगानी साढे दुई करोड लाग्ने पनि बताइएको छ ।युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्डन मा  छायाकन गरिने लिली बिली कमेडी लभ स्टोरी जनराको हुने पत्रकार सम्मेलन मा जानकारी दिइएको छ ।छायाँकार र संगीतकार तय हुंन बाँकी उक्त चलचित्र को दरबारमार्गको होटल अन्नपूर्णमा आयोजना गरिएको प्रेसमिट कार्यक्रम मा चार जना बढीगार्ड सहित नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ र रेविका गुरुङ उपस्थिती भएका थिए ।नव नायिकालाई समेत दुई दुई जना बडीगार्ड उपलब्ध गराइएकोमा निर्देशक चाम्सले कलाकारको सम्मान, अनुशासन र परिपाटी बसाल्न यसो गरिएको बताए । लिलि बिली चैत ३० गतेदेखि प्रदर्शनमा आउने समेत प्रेसमिटमा उद्घोष गरिएको छ ।