२0७४ पौष २ आइतबार

समाचार

नायक सौगात मल्ल र नायिका वर्षा राउतले लगनगाँठो कसे ।

असोज,७,२०७४ । नायक सौगात मल्ल बेहुला र नायिका वर्षा राउत बेहुलीको भेषमा सजिएको 'ओ कान्छी' बोलको गीत को भिडियो सार्वजनिक भएको छ ।निर्माता निर्देशक रोज राना निर्देशित चलचित्र मेरो पैशा खोइ मा समाबेश उक्त 'ओ कान्छी' बोलको गीतको भिडियोमा नायक सौगातले नायिका वर्षासँग लगनगाँठो कसेका छन् ।दयाराम पाण्डेको शब्द र लय सकलक बसन्त सापकोटा रहेको ओ कान्छी गीत मा गायक  प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको  छ ।शुरु मा चलचित्र मेरो पैशा खोइ लाई  बलिउड चलचित्र'भुतनाथ'को निर्देशक गरी सकेका निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको र १६ दिन सम्म छायाकन गरी सकिएको सबै फुटेज हरु निर्देशक शर्माले डिलेट गरी भारत भागे पछी निर्देशक तथा निर्माता रोज राना ले आफै ले निर्देशन गरेका हुन ।मेरो पैशा खोइ मा सौगात र वर्षाका अलवा  सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।बिराज भट्ट अभिनित चलचित्र जय परशुराम निर्देशन गरी सकेका निर्देशक रोजले बताए अनुसार चलचित्र ‘मेरो पैसा खोई'कमेडी प्रधान फिल्म रहेको छ ।हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको उक्त चलचित्र मा  उमा केसी निर्माता ,रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् ।