२0७४ असोज ३१ मंगलबार

समाचार

चलचित्र‘रुद्रप्रिया’को 'तिमी बाहेक अरु' सार्वजनिक ।

असोज्,८,२०७४ ।कात्तिक २ गते बाट प्रदर्शन मा आउन लागेको नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित यस वर्षको बहु प्रतिक्षीत चलचित्र‘रुद्रप्रिया’को नयाँ गीत'तिमी बाहेक अरु' बोल रहेको गीत सार्वजनिक भएको छ । नायिका रेखा थापा र नायक आर्यन सिग्देल माथी छायाकन गरिएको उक्त गीत ले एकअर्का बिना बाँच्न नसक्ने दर्साएको छ्।अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत मा तयार भएको उक्त गीत मा सनुप पौडेल र अञ्जु पन्तको स्वर रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र रेखाको केमेष्ट्री गज्जबको देखिन्छ निर्देशक सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्र रुद्रप्रिया मा कार्यकारी निर्माता रमेश एमके पौडेल,राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत,सञ्जय लामाको छायाँकार रहेको छ्। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको चलचित्र‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन ।चलचित्र मा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारहरु पनि अभिनय रहेको छ ।