२0७४ असोज ३१ मंगलबार

समाचार

नायिका वर्षा राउत यौनकर्मी ,चलचित्र मेरो पैशा खोइ मा ।

असोज्,९,२०७४ ।नायिका वर्षा राउत लाई यौनकर्मी युबती को भूमिकामा प्रस्तुत गरिएको कमेडी प्रधान चलचित्र मेरो पैशा खोइ असोज ११ गते बाट प्रदशन मा आउँदै छ । असोज ११ गते का दिन अहिले का स्तार कलाकार हरु ले भरिएको र हास्य प्रधान मा निर्मित चलचित्र मेरो पैशा खो र हास्य कलाकार हरुले निर्माण गरेको अघिल्लो बर्ष को सुपर डुपर हित चलचित्र छक्का पन्जाको सिक्वेल 'छक्का पन्जा २'  सग भिडन्त हुने भएको छ ।उपत्यका मा असोज ११ गते र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको उक्त चलचित्र ‘मेरो पैसा खोई ?’को निर्माण पक्षले  ट्रेलर सार्वजनिक गरेको  छ ।हास्य प्रधान लाई महत्व दिइएको ट्रेलर मा नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा देखिएकी छिन् भने नायक सौगात मल्ल उनको पछि-पछि लागेको देखाइएको छ । ट्रेलरले विशेषत यौनकर्मी महिलाहरुको कथा बोल्ने उक्त चलचित्र लाई श्रीराम बालाजी पिक्चर्स ले उपत्यकमा  र एफडी कम्पनीले मोफसलमा वितरण गर्न लागेको हो ।रोज राणाको निर्माण र निर्देशन मा निर्मित चलचित्र मेरो पैशा खोइ मा  सौगात र वर्षाका अलवा कलाकार हरु सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतको अभिनय रहेको छ । चलचित्र मा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् ।

ट्रेलर हेर्नु होस....