२0७४ पौष २ आइतबार

समाचार

मोफसलमा पनि रुचाइयो चलचित्र 'मेरो पैशा खोइ' ।

असोज्,२२,२०७४ ।गत असोज ११ गते बाट निर्माता निर्देशक तथा कलाकार रोज राना निर्देशित र निर्मित चलचित्र मेरो पैशा खोइ यही शुक्रवारबाट उपत्यका बाहिरका हलहरुमा आफ्नो प्रदर्शन सुरु गरेको छ । कमेडी जनरा मा निर्माण भएको उक्त चलचित्र 'मेरो पैशा खोइ'राजधानीमा प्रदर्शनको दोस्रो हप्ता पूरा गर्दैगर्दा शुक्रवारबाट मोफसलका हलहरुमा प्रदर्शन आरम्भ गरेको हो । चलचित्र प्रदर्शन मा आउनु एक हप्ता अगाडि मात्र प्रदशनी मिती सार्वजनिक गरेको ‘मेरो पैसा खोई'सोही मिती बाट प्रदशन आरम्भ गरेको अर्को चलचित्र 'छक्का पन्जा २' भन्दा व्यापारमा कमजोर भएपनि दर्शकहरुबाट भने चलचित्र ले उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ ।सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्र मा  हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेकोचलचित्र मेरो पैशा खोइ मा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् ।