२0७४ पौष २ आइतबार

समाचार

चलचित्र “रुद्रप्रीया” अब घर घर मै ।

असोज्,२३,२०७४ ।नेपाली चलचित्र को बजार मा पछिल्लो समय निर्माण भई प्रदशन मा आएको चलचित्र हरुले व्यापार राम्रो गर्नु का साथ साथै नेपाली चलचित्र प्रेमी दर्शक हरु को वाहवाही बटुली रहेको छ ।त्यस्तै यस बर्ष कै बहु प्रतिक्षित बनेको नायिका रेखा थापा को निर्माणमा निर्मित र नायिका रेखा थापा र नायक आर्यन सिग्देल अभिनित चलचित्र “रुद्रप्रीया” कार्तिक २ गते लक्ष्मी पुजा को दिन बाट अब घर मै बसेर पनि हेर्न पाइने भएको छ ।नायिका रेखा थापा र डिसहोम संगको सहकार्यमा चलचित्र रुद्रप्रीया कार्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि डिसहोमको च्यानल मा हेर्न पाइने भएको हो ।समाचार स्रोत का अनुसार डिशहोमको च्यानलले चलचित्र रुद्रप्रिया लाई  
 विहान ८ बजे, दिउँसो १ बजे र बेलुकी ७ बजे प्रसारण गर्ने जानकारी मा आएको छ । कार्तिक २ गतेबाट देशभरका हलहरुमा एकसाथ प्रदशन मा आउन लागेको उक्त चलचित्र मा नायिका रेखा थापा र नायक आर्यन सिग्देल लाई ८ बर्ष पछि दर्शक हरुले चलचित्र को ठुलो पर्दामा एक साथ देख्न पाउने भएका छन्। रेखा फिल्म्स को प्रस्तुती रहेको चलचित्र लाई सरस्वती थापा र रमेश एमके पोख्रेलले निर्माण गरेका छन भने सुदिप बबि भुपालले निर्देशन गरेका छन ।
गीत हेर्नुहोस..