२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र ‘फाटेको जुत्ता’ को प्रचार प्रसारका लागी नयाँ शैली अपनाए ।

असोज्,२४,२०७४ ।निर्माता अर्जुन कुमार को निर्माण निर्मित कात्तिक १७ गतेबाट प्रदशन मा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’का निर्माण टिमले  चलचित्र को प्रचार प्रसार  गर्न को लागी नयाँ शैली अपनाएका छन । समाचार स्रोत ले बताए अनुसार उक्त टिम ले चलचित्रको नाम नै ‘फाटेको जुत्ता’ रहेकाले नेपाली चलचित्र प्रेमी दर्शक हरु लाइ फाटेको जुत्ता लगाएको तस्बिर फेसबुकमा पोष्ट गर्न र निर्माण टिम लाई ट्याग गर्न निर्माताले आग्रह गरेका छन् । आफूसँग भएको फाटेको जुत्ताको तस्बिर पोष्ट गरेर ट्याग गर्ने दर्शकलाइ नयाँ जुत्ता उपहार दिने निर्माता अर्जुन कुमारले जानकारी दिएका छन् साथै यो योजनामा २५० जनाले नयाँ जुत्ता पाउने पनि चलचित्र का निर्माता अर्जुन ले बताए भने लक्की ड्रबाट छानिएका देशभरका दर्शकलाइ घरमै नयाँ जुत्ता पुर्यारइने समेत उन ले बताइएका छन । तराइको कथालाइ कमेडी शैलीमा उठान गरिएको निर्देशक निकेश खड्का निर्देशित चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रामेश्वर झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।