२0७४ असोज ३१ मंगलबार

समाचार

‘ए मेरो हजुर २’को कसम हो कसम बोल रहेको गीत युटुवमा एक करोड पटक हेरे ।

असोज्,२६,२०७४ ।लामो समय देखी कलाकारिता क्षेत्रमा क्रीयाशिल रहदै आएकी नायिका झरना थापा निर्देशित यस वर्षको सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’ले चलचित्रको छायाकन देखी प्रदशनी मिती सम्मको यात्रामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको थियो भने नेपाली चलचित्र प्रेमी हरुको साथ र मायाले चलचित्रले ब्यापार पनि राम्रो गर्न सफल भएको थियो ।नायिका साम्राज्ञी र नव नायक सलीन मान अभिनित चलचित्र ए मेरो हजुर २ मा समाबेश शिर्ष गीतको भिडियोले पनि अहिले नयाँ रेकड राख्न सफल भएको छ ।चलचित्र मा समाबेश गीत कसम हो कसम बोल रहेको गीत लाई युटुवमा एक करोड भन्दा बढी पटक हेरिएको छ । कृष्णहरी बरालको शब्द, सुगम पोखरेलको स्वर र कल्याण सिंहको संगीत रहेको गीतलाई युटुवमा अपलोड भएको करिब साढे ६ महिनामा एक करोड भन्दा बढी पटक हेरिएको छ । झरना थापाको डेव्यु निर्देशन र सुनिल कुमार थापाको निर्माण मा यसै वर्ष प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ चलचित्र मा साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ ।