२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र ‘रुद्रप्रिया’लाई पिजी सर्टिफिकेट।

असोज्,२७,२०७४ ।नायिका रेखा  थापाको ब्यानर मा निर्माण भएको,कार्तिक २ गते बाट प्रदशन मा आउन लागेको यस वर्षकै बहु प्रतिक्षित चलचित्र ‘रुद्रप्रिया’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ। अब १६ वर्ष भन्दा तलका दर्शक हरुले चलचित्र ‘रुद्रप्रिया’ हेर्नको लागी  अभिभावकको निगरानीमा हेर्नु पर्नेछ । सेन्सर बोर्ड मा चलचित्र रुद्रप्रिया हेरे पछी सेन्सर बोर्ड का पधाधिकारीहरुले राम्रो चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएको अभिनेत्री रेखा थापाले जानकारी दिएकी छिन ।सेन्सर बोर्ड बात चलचित्र को कुनै पनि दृश्य माथी सेन्सर बोर्ड ले कैची चलाएका छैनन तर चलचित्र मा समबेश केहि एक्सनका दृश्य भएकाले पिजी सर्टिफिकेट दिएको नायिका रेखाले बताइन ।चलचित्र मा रेखा थापा,आर्यन सिग्देल्,राजन इशान लगाएत कलाकार हरुको अभिनय रहेको छ भने सुरेश अधिकारि,अर्जुन पोख्रेल्,राजनराज शिवाकोटिको संगीत रहेको छ । 

यहाँ चलचित्र को ट्रेलर र गीत  हेर्नु होस