२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र भैरे मा दयाहाङ र बर्षा शिवाकोटी ।

कार्तिक्,१९,२०७४ ।नायिका बर्षा सिवाकोटी चलचित्र भैरे मा अनुबन्धित भएकी छिन ।निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशन मा निर्माण हुन लागेको उक्त चलचित्र भैरे मंसिरको १ गतेबाट फ्लोर मा जाने बताइएको छ ।दयाहाङ राई र बुद्धि तामाङको पनि अभिनय रहने उक्त चलचित्र भैरे लाई लिएर चलचित्र मा अनुबन्धित भएकी नायिका बर्षा चलचित्र भैरे लाई लिएर उत्साहित भएकी छिन ।समाचार स्रोतले बताए अनुसार चलचित्र ‘रानी महल’मा पनि अनुबन्धित भैसकेकी कि नायिका बर्षा लाई चलचित्र भैरेले कही रहात दिएको छ्,चलचित्र मा अनुबन्धित भएको ३ महिना लामो समय सम्म पनि चलचित्र रानी महल फ्लोर मा नगएको र मुख्य भूमिकामा अनुवन्धित बर्षा छायांकनको सुरुवात कहिले होला भनेर बसिरहेको अवस्थामा नायिका बर्षा चलचित्र ‘भैरे’मा अनुबन्धित भएकी हुन भने अब चलचित्र रानी महल कहिले फ्लोर मा जाने हो त्यो भने टुङो लागेको छैन ।