२0७४ मङ्सिर ९ शनिबार

समाचार

नायिका स्वेताको निर्माणमा निर्मित चलचित्र कान्छीको चरी चट्ट गीत यु टुब को ट्रेन्डिङ नं, एक मा ।

कार्तिक्,२०,२०७४ ।नायिका स्वेता खडकाले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप निर्माण गरेको चलचित्र कान्छी मा समाबेश गरिएको गीत यु टुब को ट्रेण्डिङ मा एक नमबर मा पर्न सफक भएको छ ।निर्माण पक्षले केहि दिन अघी मात्र सार्वजनिक गरेको चरी चट्ट बोल रहेको उक्त गीत संगीतले अहिले चर्चा र सफलता बटुली रहनुको साथ साथै नेपाली चलचित्रका गीत संगीत प्रेमी दर्शक तथा स्रोता हरु को मन जित्न सफल भएको छ ।चर्चित संगीतकार राजन राज शिवाकोटी को शब्द संगीत मा तयार भएको उक्त लोक लय मा आधारित रहेको गीत लाई संगीतकार शिवाकोटी र मधुर स्वरकि धनी गायिका अन्जु पन्तले स्वर दिनु भएको छ ।नायिका स्वेता खडका र नायक दयाहाङ राइ माथी छायाकन गरिएको चरी चट्ट बोल रहेको यो गीत लाई बुढा सुब्बा को यु टुब च्यानल मा यो समाचार तयार पार्दा सम्म लगभग दस लाखपटक हेरी सकेको छ । ।३३ बर्ष अगाडी निर्माण भई प्रदशन मा आएको चलचित्र कान्छी को नाम सपटी लिएर नायिका स्वेता खडका ले निर्माण गरेको उक्त चलचित्र मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर पचास दिन लगाएर,निर्देशक आकाश अधिकारी निर्देशन मा निर्मित उक्त चलचित्र मा नायिका श्वेता र नायक दयाहाङ राई लाई  मुख्य भूमिकामा प्रस्तुत गरिएको छ भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र भूमिका श्रेष्ठ को पनि अभिनय छ ।