२0७४ मङ्सिर २८ बिहिबार

समाचार

नेपाल का चर्चित गायक राजेशपायलको सम्मान स्वरूप अमेरिका मा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा।

कार्तिक्,२१,२०७४ ।नेपाल का चर्चित गायक राजेशपायल राई लाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ।गायक राईलाई अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा केर्डिक एल ,अलेक्जन्डरले संयुक्त  रुपमा गायक राईलाई प्रमाणपत्रसहित सम्मानित गरेको छ्।उक्त सम्मानित कार्यक्रममा डेपुटी मेयर डा । अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा गरेको र सोही कार्यक्रममा राईलाई ‘इन्टरनेशनल पप स्टार’ उपाधि प्रदान गरिएको पनि समाचार स्रोत ले बताएको छ ।अमेरिकामा नेपाली कलाकारलाई अहिलेसम्म कै यती ठुलो भव्य, सभ्य सम्मान प्रदान गरेको भन्दै गायक राईले रोचेस्टर सिटीप्रति आभार व्यक्त गरेको बताइएको छ्। स्रोतका अनुसार नेपाली कलाकारलाई विमानस्थलबाट कार्यक्रम स्थलसम्म अमेरिकी प्रहरीले सुरक्षा प्रबन्ध दिएको उक्त कार्यक्रम मा गायक राईले थाहा पाए दोबाटोमा, नमाग मसंग सहारा , तिमीले बाटो फेर्यौ अरे, दर्शन नमस्ते,दर्पण छायाँ,झिमझिम गर्ने परेलीलगायत गीत गाएर भरपूर मनोरञ्जन प्रदाक गरेको बताइएको छ ।