२0७४ पौष २ आइतबार

समाचार

नाजीर र शिल्पाको जोडी ‘कागजपत्र’मा।

कार्तिक्,२२,२०७४ ।मंगलवार राजधानीमा एक कार्यक्रमका विच चलचित्र ‘कागजपत्र’को औपचारिक निर्माण घोषणा गरिएको छ ।निर्देशक अपिल विष्टको निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्र ‘कागजपत्र’ मा यस अघी प्राय जसो चलचित्र हरुमा मधेशी युवा को भूमिकामा देखिदै आइरहेका नायक नाजीर हुसैन लगाएत भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहने उक्त कार्यक्रम मा बताइएको छ ।स्मरण रहोस नायिका शिल्पाले एक हलिउड चलचित्र मा  समेत काम गर्नु का साथै नायक आशिरमान देशराज जोशी को अभिनय रहने चलचित्र 'ब्रेकअप'मा पनि अनुवन्धित भएकी छिन् ।कमेडी र सोसल ड्रामा जनरामा निर्माण हुन लागेको चलचित्र ‘कागजपत्र’ मा नाजीर र शिल्पाको जोडी लाई देख्न पाइने निर्माण पक्षले जानकारी दिएको छ, साथै चलचित्र को निर्माण टिम बिहीवारबाट फ्लोर मा जाने पनि चलचित्र का निर्देशक विष्टले जानकारी दिएका छन ।निर्माण पक्षले आयोजना गरेको चलचित्र को औपचारिक निर्माण घोषणा कार्यक्रममा नायक नाजीर हुसैनले ‘मैले यसअघि अभिनय गरेका चलचित्र हरु भन्दा यस चलचित्रमा फरक भूमिका पाउनु का साथै,चलचित्र को कथावस्तु साह्रै नै राम्रो रहेको र आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने प्रयास गर्ने पनि बताएए रहदा चलचित्र की नायिका शिल्पा मास्केले ‘कागजपत्र’ आफ्नो डेब्यू चलचित्र भएका कारण सबैको साथ र सहयोगको अपेक्षा राखेको बताएकी थिइन ।