२0७४ पौष २ आइतबार

समाचार

आकाश को ‘ड्रिम गर्ल’ आश्मा ।

कार्तिक्,२४,२०७४ ।चलचित्र ‘ड्रिम गर्ल’को अब निर्माण भएको छ ।निर्देशक ऋषिराज आचार्यको निर्देशन मा निर्माण हुन लागेको लागेको उक्त चलचित्र को बिहीबार राजधानीको महाराजगन्जस्थित होटेल साम्बलामा शुभमुर्हत गरिएको छ । निर्देशक ऋषिकै लेखननिर्देशन रहेको चलचित्रब्‘ड्रिम गर्ल’मा आश्मा गिरी लाई ड्रिम गर्लको भूमिकामा देख्न पाइने भएको छ्।आश्मा लाई यस अघी चलचित्र म त तिम्रै हुं, तिमीसंग र ब्ल्याक मा अभिनय गरी सकेका नायक आकाश श्रेष्ठले साथ दिदै छन । दक्षिण भारतको रिल एण्ड रियल सिनेमा  र निर्देशक ऋषिराजको आरबि मुभीजको सयुक्त ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्र शुक्रबारदेखि फ्लोर मा जाने बताइएको छ । अर्जुन शर्मा र निर्देशक आचार्य स्वयम् मुख्य निर्माता रहने चलचित्र ‘ड्रिम गर्लका सह निर्मातामा भने रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन रहेका छन् ।चलचित्र मा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित लगाएत कलाकार हरु लाई मुख्य भूमिकामा देख्न पाइने छ ।राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका बिभिन्न स्थान हरुमा छायाकन गरिने उक्त चलचित्र माम्अर्जुन पोखरेलको संगीत,राहुल राईको छायाकन्,गम्भीर बिष्ट नृत्य, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन,र नवीन निरौलाले सम्पादन रहने छ ।