२0७४ मङ्सिर ९ शनिबार

समाचार

निखिल र सारा पिंजडा ब्याक अगेन मा तिमी नि आधा म पनि आधा भन्दै ।

कार्तिक्,२६,२०७४ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको एक्सन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’को दोस्रो रोमान्टिक गीत सार्वजनिक  भएको छ । नायक निखिल उप्रेत्रीले आफुले खेलेको पहिलो चलचित्र को नाम पिजडा लाई नै ''पिजडा ब्याक अगेन्''राखी आफ्नै होम प्रोडक्सन बाट निर्माण गरेको चलचित्र ''पिजडा ब्याक अगेन्''मा समाबेश गीत कु कु बोल रहेको गीत निर्माण पक्षले केहि समय अघी सार्वजनिक गरेको थियो भने उक्त गीत ले दर्शक स्रोत हरु को मन जित्न पनि सफल भईरहेको छ । चलचित्र 'पिजडा ब्याक अगेन्' को निर्माण पक्षले सार्वजनिक गरेको गीत कु कु ले सफलता पाइ रहदा चलचित्र को प्रचार प्रसार लाई थप मजबुत बनाउन को लागी चलचित्र मा समाबेश अर्को गीत आज राजधानी मा एक कार्यक्रमको बिच सार्वजनिक गरेको हो ।नायक निखिल उप्रेती र नायिका सारा माथी फिचरिङ्ग गरिएको तिमी पनि आधी म पनि आधी बोल रहेको उक्त गीत मा अहिले का चर्चित संगीतकार अर्जुन पोखरेल को संगीत रहेको छ भने ,संगीतकार  अर्जुन पोखरेल र गायिका अन्जु पन्त को स्वर रहेको छ । निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र लाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका छन । चलचित्र मा  मौनता श्रेष्ठको  कथा,सौरभ लामाको छायाकन्, रोहित पुरी,गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ ।