२0७४ पौष २ आइतबार

समाचार

नेपाल पछी जापान ऐश्वर्य मय बन्दै।

कार्तिक्,२८,२०७४ ।जसरि हुन्छ मलाई त्यो ऐश्वर्य चाहिन्छ्,बिजनेश ले टाउको दुखाउछ्,मायाले मुटु जस्ता चर्चित समबाद रहेको चलचित्र अब जापान मा प्रदशन हुने भएको छ ।नेपालमा राम्रो ब्यापार ब्यवसा य गर्नुका साथै नेपाली चलचित्र प्रेमी दर्शक हरुको उल्लासमय माया र साथ पाउन सफल चलचित्र ’ऐश्वर्य’ लाई लिएर चलचित्र का निर्माता तथा अभिनेता रमेश उप्रेती यसै साता जापान जाने भएका छन । चलचित्र ‘ऐश्वर्य’लाई जापान वासी नेपाली चलचित्र प्रेमी दर्शक हरुले टोकियो स्थित नाकानो जेरो हलमा नोभेम्बर १९ तारिख आईतवारका दिन हेर्न पाउने पनि समाचार स्रोतले बताएको छ ।अहिले का चर्चित संगीतकार अर्जुन पोखरेल को संगीत मा तयार भएको 'तिमी रोएको पल तिमी लाई हसाउन न सकुला म' जस्ता चर्चित गीत हरु समाबेश गरिएको उक्त चलचित्र मा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, केकी अधिकारी अर्जुन श्रेष्ठ,निर्मल शर्मा लगाएत कलाकार हरुको अभिनय रहेको छ भने चलचित्र मा नायिका केकी र खलपात्र मा अभिनय गरेका अभिनेता प्रशान्त ताम्राकार  को अभिनय ले नेपाली फिल्मी बजार मा राम्रै चर्चा कमाएको थियो ।निर्देशक दिवाकर भट्टराई निर्देशित चलचित्र ऐश्वर्य मा कथा लेखनमा उनलाई सामिप्य तिमिल्सिनाले सघाएका छन् । चलचित्र ऐश्वर्य’ लाई टोकियो पछि तोचिगी,नागोया,फुकुओका लगायत जापानका अन्य मूख्य शहर हरुमा पनि प्रदर्शन गरिने समाचार स्रोतले बताएको छ ।

यहाँ हेर्नु होस.....