२0७४ पौष २ आइतबार

समाचार

नायिका संचिताको मनकारी मन क्यान्सर पिडित बालिका लाई आर्थीक सहयोग गर्नुका साथै सहयोगका लागिन गरिन आग्रह ।

कार्तिक्,२८,२०७४ ।चर्चित नायिका सन्चिता लुइटेलले सिन्धुली मरिण गाउँपालिका निवासी ९ बर्षिय बालिका तारा खत्रीको जीवन बचाउँ अभियानका लागी आग्रह गरेकी छिन्।ब्लड क्यान्सर बाट पीडीत ९ बर्षिय बालिका तारा खत्रीको जीवन बचाउँ अभियानका लागी सञ्चिताले हात अघि बढाएकी हुन् ।हाल सिभिल अस्पताल बानेश्वरमा उपचाररत बालिकालाई नायिका सञ्चिताले शनिबार अस्पतालको शैयामा भेटी आफ्नो तर्फबाट केहि रकम सहयोग गर्नु का साथै नायिका  सञ्चिताले ताराको जीवन रक्षाको लागी सबै माझ अपिल पनि गरेकी छिन् ।समाचार स्रोतले बताए अनुसार नायिका सन्चिता ले आर्थिक अभावकै कारण ताराले ज्यान गुमान नपरोस् भन्दै यो अभियानमा आ आफ्नो तर्फ बाट सबैलाई साथ दिन आग्रह गर्नु का साथै अनुरोध पनि गरेकी छिन ।पारिवारिक आर्थिक अबस्था कमजोर रहेको ताराको उपचारलाई १५ लाख बराबर खर्च लाग्ने अस्पताल श्रोतलाई उधृत गर्दै सञ्चिताले बताएकी छिन्।स्रोत का अनुसार तारा खत्रीको बचाउको लागी यतिबेला सञ्चिताकै पहलमा टुरिज्म डेभलपमेन्ट बैंकमा तारा खत्री कै नाममा खाता सुचारु गरिएको छ भने सञ्चिताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुसँग जोडिनुभएका सबै आफन्त ,चलचित्र कर्मि, साथी लगायत आफुलाई माया गर्ने सबैमा सहयोगको अपिल गरेकी छिन् ।