२0७४ पौष २ आइतबार

समाचार

चलचित्र ’फिर्के’ मा समाबेश ’चट्टै’बोल को गीत सार्वजनिक ।

मंसिर्,३,२०७४ ।कलाकार सुले मान शंकर’ईकु’ले निर्माण गरेको चलचित्र ’फिर्के’ मा समाबेश गरिएको गीत को भिडियो सार्वजनिक गरेको छ ।निर्माण पक्षले सार्वजनिक गरेको उक्त गीत ’चट्टै’मा लेखु सहयात्रीको शब्द र सुवास भुषालको संगीत गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ । सुलेमान शंकर ’ईकु’ र नव-नायिका क्रिष्टिना पौडेलमाथी छायाकन गरिएको उक्त गीत को भिडियो मा नृत्य निर्देशक कबिराज गहतराजको नृत्य रहेको छ । पौष १४ गते बाट प्रदशन मा आउने चलचित्र ’फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र लाई हास्य कलाकार रवि डंगोल बेइमान ले निर्देशन गरेका छन् ।