२0७४ पौष २ आइतबार

समाचार

नायिका केकी को कोहलपुर एक्स्प्रेस आउँदो सालको बैशाख १४ गते आइपुग्ने ।

मंसिर्,४,२०७४ ।चलचित्र स्वर बाट नायिकाको रुपमा नेपाली रजतपट्मा प्रबेश गरेकी नायिका केकी अधिकारिले चलचित्रको यात्रा लाई निरन्तरता दिने क्रम मा नायिका बाट निर्मात्री बनी निर्माण गरेको पहिलो चलचित्र‘कोहलपुर एक्सप्रेस’ को प्रदर्शन मिति तय गरिएको छ ।नायिका तथा निर्मात्री केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्स्प्रेस अब आउँदो सालको बैशाख १४ गते प्रदशन मा आउने घोषणा गरेकी हुन् ।विगत तीन सातादेखि नेपालगञ्जमा छायाँकन भैरहेको छ ।‘कोहलपुर एक्सप्रेस’ लाई म्युजिक भिडियोका निर्देशक विशाल भण्डारीले निर्देशन गर्दै छन निर्देशक भण्डारीले यसै चलचित्र बाट चलचित्र निर्देशन मा डेब्यु गर्न लागेका हुन ।चलचित्र मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, कलाकारहरु बुद्धि तामाङ, रविन्द्र झा,विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।नायिका केकी केकी ले चलचित्र निर्माण मा भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौंलागाईं संग सहकार्य गरेकी छिन भने बसन्त सापकोटा, अर्जुन पोखरेल र कालिप्रसाद बाँस्कोटाले संगीत रहेको छ