२0७४ पौष २ आइतबार

समाचार

चलचित्र 'राज्जारानी' लाई अब मैथिली भाषामा पनि हेर्न पाइने ।

मंसिर,६,२०७४ ।चलचित्र निर्माण पक्षले केहि समय अघी मात्र चलचित्रमा समाबेश गीत चिप्पक चिप्पक बोल रहेको गीत सार्वजनिक गरेको चलचित्र 'राज्जारानी' लाई अब मैथिली भाषामा पनि हेर्न पाइने भएको छ ।नायिका केकी अधिकारी र नायक नाजीर हुसैन अभिनित उक्त चलचित्र 'राज्जारानी' लाई मैथिली भाषामा पनि देशभर प्रदशन गर्न लागिएको चलचित्र का निर्माता रमेश एमके पौडेलले बताएका छन । निर्माता रमेश एमके अनुसार,'राज्जारानी' आगामी पुष २१ गते नेपाली भाषा र मैथिली भाषामा देशव्यापी प्रदर्शन हुन लागेको बताएका छन्। स्रोतका अनुसार मैथिली भाषामा प्रदशन गर्नको लागी निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भई सकेको पनि बताइएको छ ।भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा भोर प्रमुख कार्यकारी अधिकृत राजकुमार महतो र निर्माता पौडेलबीच सहमति भएको पनि जनाएको छ ।निर्देशक यम थापाको निर्देशनमा निर्माण भएको उक्त चलचित्र मा केकी र नाजिर को अलवा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय रहेको छ भने ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।